‘एमसीसी’का विवादित बुँदा स्पष्ट पार्न अमेरिकालाई पत्राचार

Ad
  • कालोपाटी सम्बाददाता

अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे स्पष्ट पार्न अमेरिकालाई पत्राचार गरेको छ ।

पत्रमा ‘इन्डो–प्यासिफिक रणनीति’ एमसीसीमा पर्ने-नपर्ने , नेपालमा सुरक्षामा  प्रभाव पर्ने-नपर्ने, परियोजनाको लेखापरीक्षण कताबाट हुने, आदि बिषयहरुमा कुरा स्पष्ट पारिदिन अनुरोध गरिएको छ ।

एससीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने तयारी भइरहेको छ  ।

एससीसी लाइ लिएर विभिन्न टिकाटिप्पणीहरु हुदै आएका बेला विवादित बिषय स्पष्ट पार्न नेपाल सरकारले अमेरिकालाई पत्राचार गरेको हो।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्