२१ औं शताव्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भयो :जनार्दन शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संगठन बिभाग प्रमुख जनार्दन शर्माले जनयुद्धले स्थापीत गरेको २१ औं शताव्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् ।

शनिबार काठमाडौंमा माओवादी दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै शर्माले २१ औं शताव्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्ने समेत बताए । २१ औं शताव्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रीत पार्टी र सत्ता हुनुपर्ने बिषयलाई पार्टी अव स्वीकार गर्नुपर्ने उहाको भनाई छ ।

शर्माले पार्टीलाई केन्द्रमुखी नभइ जनतामुखी बनाउदै अव मुलुकको हरेक तहमा सशक्त र बलियो बनाउनुपर्ने धारणा पनि राखे । गुटबन्दीबाट नभएर खुल्ला बहसबाट पार्टीको हरेक तह निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले अव मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमूखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे ।

त्यस्तै माओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेलले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको भन्दै अव कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने धारणा राखे । उनले बैचारिक राजनीतिक रुपमा पार्टी एकता गर्दा दिगो हुन नसक्ने अनुभव प्राप्त भएको बताए ।

कार्यक्रममा अन्य नेताहरुले माओवादीलाई रुपान्तरण तथा जनता केन्द्रीत गर्नुपर्ने धारणा राखेका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्