कास्कीका सबै जनप्रतिनिधि एमालेमै

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा– कास्कीमा एमाले विभाजनले भने खासै असर देखिएको छैन । तीनै तहका जनप्रतिनिधिहरू एमालेमै रहने आन्तरिक सनाखत गरेका छन् ।

वडा सदस्यदेखि पालिका, प्रदेश र प्रतिनिधिसभासम्म कास्कीमा एमालेबाट दुई सय ८१ जना निर्वाचित भएका छन् । एक महानगरसहित कास्कीमा पाँचवटा स्थानीय तह छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष मात्रै कांग्रेस उम्मेदवारले जितेका छन् ।

२०७४ को प्रदेश र प्रतिनिधिसभामा माओवादी केन्द्रसँग तालमेल गरे पनि स्थानीय निर्वाचनमा दुई पार्टीबीच एकता थिएन । पोखरा महानगरपालिका र गाउँपालिकाका केही वडाहरूमा कांग्रेससँग माओवादीको सहकार्य थियो । नेकपा गठन भएपछि विभाजन भयो । एमाले र माओवादी केन्द्रको एकता खारेज भयो । दुवै पार्टी अलग अलग भए । अहिले एमालेसमेत विभाजित भएको छ ।

एमाले विभाजित नहुनुमा मुख्य कारण नै निर्वाचनका बेला भएको टिकट वितरण हो । कास्कीमा एमालेभित्रै पनि माधवकुमार नेपाल खेमा अलिअलि थियो । नेपालको पक्षमा खुलेका नेताहरूले २०७४ को निर्वाचनमा टिकट पाएनन् । अधिकांश अध्यक्ष केपी ओली निकट नेताहरूले निर्वाचन जितेकाले अहिलेको विभाजनमा नेपाल समूहतिर लाग्ने जनप्रतिनिधि कम भएका हुन् ।

कास्कीमा पालिका प्रमुख र उपप्रमुख विभाजनमा नलागेको उनले बताए । तर वडाध्यक्षदेखि वडा सदस्यहरू धेरैले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने उनको दाबी छ । २२ भदौसम्म स्थानीय जनप्रतिनिधिलाई राजनीतिक दल छनोट गर्ने समयावधि दिइएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले हालसम्म कोही पनि जनप्रतिनिधि सनाखतमा नआएको जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्