जनआन्दोलन मोर्चा गठन

Ad
  • कालोपाटी सम्बाददाता

हिन्दुराष्ट्रसहित राजसंस्था पुनस्थापनाको माग गर्दै बिभिन्न राजावादी संस्थाहरुले मोर्चा बनाएका छन् ।

हिन्दुराष्ट्रसहित राजसंस्था पुनस्थापनाका लागि एकीकृत भएर आन्दोलन गर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंमा संयुक्त जनआन्दोलन मोर्चा बनाएको घोषणा गरेका हुन् ।

राष्ट्रवादी शक्तिहरुको संयुक्त मोर्चा बनाएर राष्ट्रवादी अभियान सञ्चालन गर्ने उनीहरुले बताएका छन् । अहिले राष्ट्रिय हित शान्ति सम्मुन्नती राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमश कमजोर बन्दै गएकाले मोर्चा बनाउनुपरेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

त्यस्तै उनीहरुले एमसीसी नेपालको सुशासन बिपरितको रहेको आरोप लगाएका छन् । उनीहरुले बिभिनन २२ बुदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेका छन् । जसमाा धर्मपरिवर्तनलाई कठोरताका साथ निषेध गर्ने , नैतिक शिक्षा गुरुकुल संस्कृति बिश्वबिद्यालय स्थापना गर्ने, स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्ने लगाएका छन् ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्