त्रिचन्द्र कलेजमा प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

बिनासकारी भूकम्पले पूर्णरुपमा क्षतिपुगेको काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसको पूननिर्माण गर्न सरकारले चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् ।

नेविसंघ त्रिचन्द्र क्याम्पसको नेतृत्वमा बिद्यार्थीहरुले क्याम्पसको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले धरहरा प्राथमिकताको क्षेत्रमा पर्छ, शैक्षिक क्षेत्र किन पर्दैन ? , प्रधानमन्त्रीज्यू तपाईले पढेको क्याम्पसको पुननिर्माण कहिले ? , पुननिर्माण प्राधिकरण कहिलेसम्म आखाँमा छारो काममा तेल ? लगाएका प्लेकार्ड देखाएका थिए । नेविसंघ त्रिचन्द्र इकाइ कमिटीका अध्यक्ष सानु सिवाकोटीले क्याम्पसको पुननिर्माणका लागि सरकारको ध्यानाकर्षण गराएपनि नसुनेको बताए । उनले सरकारले नसक्ने भए सवै बिद्यार्थी मिलेर क्याम्पसको पुननिर्माण गर्ने बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्