डुबेर बालकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङमा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको मृत्यु भएको हो । घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

यसैगरी भकुण्डे निवासी २८ वर्षीय सागर थापाको शव घर नजिकैको खोलाको बीच भागमा मृतावस्थामा फेला परेको छ । यही भदौ १८ गतेदेखि उनी हराइरहेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्