नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम नेपालमा

Ad
  • कालोपाटी सम्बाददाता

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम सोमबार नेपाल आईपुगको छ ।

बंगलादेशी टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारी लगायतले स्वागत गरेका थिए । बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल सेप्टेम्बर ९ र १२ तारिकमा दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्