सरकारको बिरोध गर्नेलाई कारवाही गर्ने धम्की आयो : अध्यक्ष केपी शर्मा ओली (भिडियो सहित)

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका गतिविधिको विरोध गर्नेमाथि अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको बिरोध गर्नेलाई कारवाही गर्ने धम्की दिएको भन्दै आपत्ती जनाएका हुन् । उनले आफ्नो नेतृत्को सरकारले वाक स्वतन्त्रतामाथि अंकुश लगाएको भनेर बिरोध गरे पनि अहिले बोल्न नसकेको तर्क गरे ।

ओलीले दुई महिना पुग्नलाग्दा पनि सरकार बिस्तारले पूर्णता नपाएको भन्दै ओलीले सरकारले कुनै पनि काम नगरेको आरोप लगाए । उनले सरकार जनता केन्द्रीन हुन नसकेको र सुखी नेपाली, समृद्ध नेपालको नारालाई अहिलेको सरकारले अंगिकार नगरेको बताए । त्यस्तै उनले अहिलेको सरकार केही दिनको पाहुना मात्रै भएको भन्दै सरकार धेरै दिन नटिक्ने जिकिर गरे ।

ओलीले गठबन्धन सरकारले दार्चुलामा तुइन चुडिएको घटनाबारे भारतलाई प्रस्न सोध्न नसकेको आरोप लगाए । नेपाली भूभागमा अनुमतिविना भारतको हेलिकप्टर आए पनि त्यसबारे सरकार बेखबर रहेको उनले बताए । सम्बोधनका क्रममा ओलीले एमाले विभाजनको षड्यन्त्रमा सामेल भएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको तर्क गरे ।

त्यस्तै एमालेका नेता सुवास नेम्वाङले अदालतले जन्माएको सरकारले संसदलाई बिजनेश दिन नसकेको र सरकारले पनि काम गर्न नसकेको आरोप लगाए । सरकार गठन भएको ५० दिन कट्दा पनि सरकार विस्तार हुन नसकेको भन्दै नेम्वाङले सरकार विस्तार भएमा सरकार ढल्नसक्ने अवस्था भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा युवाहरुलाई युवा संघमा प्रवेश गराइएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्