मन्त्रिपरिषद् बैठकका निर्णयहरु : प्रहरीको गुल्म स्थापनादेखि पुरस्कार प्रदान सम्म

Ad
  • कालोपाटी सम्बाददाता

सरकारले नेपाल र भारतको सीमा क्षेत्र छाङरुङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्लाको व्यास गाउँपालिका १ छाङरुङमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीहरुको भवन निर्माण प्रयोजनका लागि सल्ला प्रजातिका काठहरु उपयोगमा ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने र अन्तर्राष्ट्रिय विकास सहायता मार्फत् नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि प्राप्त ५० मिलीयन अमेरीकी डलर सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै बैठकले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै उनले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले एकाध दिनभित्रै पूर्णता पाउने बताए । मन्त्री कार्कीले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने बताए । प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि आफूले सरकारको तर्फबाट छलफल गरेको उल्लेख गर्दै सहमतिका आधारमा बजेट संशोधन हुने उल्लेख गरे ।

बैठकले आर्थिक वर्ष २०७८÷०७९ का लागि बिभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । त्यस्तै निजामती कर्मचारी सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गरिने निर्णय पनि बैठकले गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्