एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भयो : प्रचण्ड (भिडियो सहित )

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताउनुभएको हो । उहाले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाले गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताए ।

प्रचण्डले आफुहरु गठबन्धनलाई बलियो बनाउन चाहेपनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप लागाए । त्यस्तै उहाले माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्र भएकाले सचेत रहनुपर्ने बताउनुभयो ।

त्यस्तै प्रचण्डले एमालेले डलर भित्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउनु खोजेको आरोप लगाए । उहाले सूर्य चिन्ह र मदन भण्डारीको नामको प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको तर्क गरे । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनले बताए । प्रचण्डले क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुने धारणा राखे ।

उहाले पार्टीभित्र सजिलै पार्टीका नेता तथा कार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएको जिकिर गरे ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्