प्रदेशसभा सदस्य नरोत्तम वैद्यद्धारा कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ । कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने भन्दै रिट दायर गरेका हुन् ।

न्यायाधीश ढुंगानाको इजलासमा पेसी तोकिए आठौँ नम्बरमा मात्रै पालो आउने भएकाले आज सुनुवाइको सम्भावना कम रहेको छ ।

कांग्रेस महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ । महाधिवेशनका लागि भदौ १८ देखि वडा तहका अधिवेशन शुरू भइसकेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्