गठबन्धनमा सहमति नभइ एमसीसीलाई अघि बढाउन मिल्दैन : माओवादी केन्द्र

dev_gurung
Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले गठबन्धनमा सहमति नभइ एमसीसीलाई अघि बढाउन नहुने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकले एमसीसीका बारेमा बिभिन्न चर्चा परिचर्चा भइरहेको भन्दै यसलाई गठबन्धनमा सहमति नभइ अघि बढाउन नहुने निष्कर्ष निकालेको माओवादी संसदीय दलको मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

राष्ट्रिय सहमति गर्नुपर्ने मुद्धा भएकाले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने पार्टी अध्यक्ष प्रचण्डले बैठकमा बताएको उनले बताए । त्यस्तै बैठकले कुटनीतिक क्षेत्रको विरोध गर्न नपाउने बिषयमा सरकार संयम हुनुपर्ने र शान्तिपूर्ण रुपमा बिरोध गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने निष्कर्ष निकालेको छ । त्यस्तै दार्चुला घटनामा सरकारले गरेको पहल र प्रयास अपुग रहेको ठहर रहेको गुरुङले बताए । त्यस्तै हुम्लामा नेपाल चीन सीमानामा विवाद नहुदा पनि सरकारले समिति गठन गरेको उनले बताए ।

बैठकले सदनमा रहेका बिधेयकहरुलाई यहि अधिवेशनबाट टुङ्गो लगााउनुपर्नेमा जोड दिएको गुरुङले बताए ।

त्यस्तै राष्ट्रियताका मुद्धामा सत्तापक्ष र प्रतिपक्षी एक भएर जानुपर्नेमा पनि बैठकले जोड दिएको छ । बैठकमा माओवादी अध्यक्ष दलका नेता पुष्प कमल दाहाल प्रचण्डले सदनमा सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्