प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकको चालू अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ ।

पार्टीले कारवाही गरेका १४ सांसदमाथिको कारवाही सभामुखले रोकेको भन्दै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै बैठक अवरुद्ध गरेको हो । बुधवार प्रतिनिधि सभा बैठकको शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए । लगतै सभामुख अग्नी सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइलाई समय दिनुभयो । भट्टराईले एमाले सांसदमाथि गरिएको कारवाही नगरेर पार्टी विभाजनका लागि सभामुख मतियार बनेको आरोप लगाउनुभयो । यस बिषयमा सभामुखले जवाफ दिनुपर्ने उहाले माग गर्नुभयो ।

लगतै सभामुखले नियमावली र संबिधानमा रहेका व्यवस्था अनुसार नै गरेको बताउनुभएको थियो ।

सभामुख सापकोटाले आसन ग्रहण गर्न पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरुले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगीत गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्