शंकास्पद बस्तु फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ ।

बिहीबार मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद बस्तु बम रहेको आशंका गरिएकोमा नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभएको पुष्टि भएको छ ।

आँखा केन्द्रको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु राखिएको थियो । शंकास्पद बस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली केन्द्रमा पुगेको थियो । त्रास फैलाउन शंकास्पद वस्तु राख्ने दुई जना व्यक्तिहरू सिसिटिभी फुटेजमा देखिएको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बम डिस्पोजल टोलीले शंकास्पद वस्तु नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्