नेपाल र बंगलादेश राष्ट्रिय महिला फुटबल टिमबीचको मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल र बंगलादेश राष्ट्रिय महिला फुटबल टिमबीचको मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडिया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डिस मिडिया अन्तर्गत ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे । सम्झौता अनुसार डिसहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । जसमा विज्ञापनबाट प्राप्त रकम डिस होम एक्सन स्पोर्ट्स र एन्फाले ५०÷५० प्रतिशत बाँड्नेछन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्