नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

national_football_team
Ad
  • कालोपाटी सम्बाददाता

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनिसप फुटबलको तयारीका लागि कतारको दोहा जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको हो । उनीहरुलाई युवा तथा खेलकुदमन्त्रालयका सचिव केदार न्यौपाने, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगाएतले विदाई गरेका छन् ।

नेपाली टोलीले कतारमा १६ दिन प्रशिक्षण गर्ने छ । त्यसका लागि टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने यसअघि नै कतार पुगि सकेका छन् । अहिले नेपाली टिममा २५ जना खेलाडी रहे पनि कतारमा भने २४ जनाले प्रशिक्षण गर्ने छन् ।

नेपाली टिमका डिफेन्डर रोहित चन्द यतिबेला इन्डोनेशियामा व्यवसायिक लिग खेलिरहेकाले उनी उतैबाट माल्दिभ्समा नेपाली टोलीमा जोडिने छन् । नेपाली टिम कतारबाटै माल्दिभ्स जाने छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्