(एमसीसी)की उपाध्यक्ष फतिमा र अध्यक्ष माधवकुमार नेपाल भेट

Ad
  • कालोपाटी सम्बाददाता

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

बिहीबार काठमाडौं आएकी सुमारसहितको एमसीसीको टोलीले सिंहदरबारमा अध्यक्ष नेपाल सहितका नेतासंग भेटवार्ता गरेको हो ।

भेटका क्रममा एमसीसी उपाध्यक्ष सुमारले आफु एमसीसी पारितका लागि दवाव दिन नभई यस बिषयमा छलफल गर्न र बुझ्न आएको बताउनुभएको थियो । त्यस्तै अध्यक्ष नेपालले संयुक्त सरकारको गठबन्धनमा रहेकाले एमसीसी नेपाली जनता र राष्ट्रको हितमा हुनुपर्ने र अन्यथा भए स्वीकार गर्न नसक्ने बताएका थियो । एमसीसीका बारेमा उठेका चर्चा परिचर्चालाई प्रष्ट पार्नुपर्नेमा उहाको जोड रहेको समाजवादी नेता गंगालाल तुलाधरले बताए । भेटका क्रममा एमसीसीका बिषयमा उठेका बिषयमा सवालजवाफ भएको तुलाधरले जानकारी दिए ।

उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो भने शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवासंग भेट गर्ने कार्यक्रम छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्