‘क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भयो’: अध्यक्ष प्रचण्ड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् ।

प्रचण्डले सामाजिक सन्जालमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन् । प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन् । पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका थिए । जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा शनिबार उनको निधन भएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्