विद्यालय खोल्ने निर्णयमा पुनर्विचार गरिने ,थप निणर्य गर्न डिसिसिएमसी को बैठक बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कोरोना भाइरसका कारण बन्द रहेको काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्ने भएको छ ।

बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । ‘दिउसो ३ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा असोज १ गतेदेखि विद्यालय खोल्ने की तत्काल नखोल्ने भन्ने विषयमा छलफल हुन्छ’, रिजालले भने, ‘सदस्यहरूले जे सल्लाह दिनुहुन्छ त्यही आधारमा निर्णय गर्छौँ ।’

उनले आजै ललितपुर र भक्तपुरमा पनि (डिसिसिएमसी)को बैठक बसेर विद्यालय खोल्ने विषयमा छलफल हुने खबर पाएको बताए । तीनवटै जिल्लाको डिसिसिएमसीको निर्णयपछि तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यसबारेमा निर्णय गरिने पनि उनले जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्