सिता भण्डारीको मृत्यु शंकास्पद रहेको भन्दै प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

एक हप्ता अघि मृत अवस्थामा भेटिएकी सिता भण्डारीको मृत्यु शंकास्पद रहेको भन्दै छानविन गरी दोषी माथि कारबाहीको माग गर्दै मृृतकका आफन्तले आइतवार रुपन्देहीको तिलोत्तमाको मणिग्राम चोकमा प्रदर्शन गरेका छन् ।

स्थानीय सरकारले समेत न्याय दिनुको साटो घटनालाई लुकाउन खोजेको आरोप लगाउदै मृतकका माइती पक्षले प्रदर्शन गरेका हुन् । तिलोत्तमा नगरपालिकाका मेयर,उपमेयर,सदस्यहरु कसैले पनि घटनाको छानबिनका लागी सहयोग नगरेको भन्दै सिता भण्डारीका माइती पक्षले सडकमा आउन बाध्य भएको जनाएको छ । शवको प्रकृति र घटनाक्रम हेर्दा आत्महत्या हुन नसक्ने दावी पनि उनीहरुले गरेका छन् ।

तिलोत्तमा–८ मणिग्राम चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्