राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध जारी राखेको छ । सोमबार बैठक सुरु भएपछि एमालेका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन् ।

एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद अवरोध गरिरहेको छ । एमाले विभाजनमा सभामुखको भूमिका रहेको उसको आरोप छ । यही विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरोध गरिएको हो । एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेपछि सभाअध्यक्ष गणेश तिम्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्