प्रदेश २ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

धनुषा– नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतो नियुक्त भएका छन् । नेकपा विभाजन बनेर बनेको नेकपा (एकीकृत समाजवादी) मा १३ जना सांसद छन् । यो प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । महतो नेकपा (एकीकृत समाजवादी) पुगेपछि एमालेले संसदीय दलका नेता भने चयन गरेका छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्