दाङमा राष्ट्रिय जनगणनाको तयारी तीव्र

Ad
  • कालोपाटी सम्बाददाता

दाङमा  । राष्ट्रिय जनगणनाका लागि पहिलो चरणमा घर तथा परिवारको सूचीकरणको तयारी गरिएको छ । दाङमा यसको यथार्थ विवरण सङ्कलनका लागि दुई चरणमा जनगणनाको काम सुरु गरिएको छ ।

यही जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणनाअन्तर्गत गणनाको समय निर्धारण गरिएको थियो । कोरोनाका कारण तोकिएको समयमा जनगणनाको काम शुरु हुन सकेन । सरकारले पुनःदेशभर एकैपटक जनगणना थालेअनुसार दाङमा पनि यसको थालनी गरिएको छ । जनगणना गर्दा पहिलो चरणमा हरेक घरपरिवारको विस्तृत विवरण सुपरिवेक्षकले गर्ने छन् । सुपरीवेक्षकले विभिन्न प्रश्न लेखिएको सूचीकरण फारम भर्नेछन् ।

राष्ट्रिय जनगणनानअन्तर्गत मूल गणनाको काम आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म गर्ने गरी समय तोकिएको छ । यही भदौ २७ र २८ गते यसअघि तालिम लिएकालाई तथा यही भदौ २९ र ३० गते नयाँ सुपरिवेक्षकका लागि तालिम सञ्चालन गर्न थालिएको जिल्ला जनगणना कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिनुभयो ।

“सरकारले राष्ट्रिय जनगणनाको नयाँ मिति तोकेअनुसार दाङमा पूरै तयारीका साथ अघि बढेका छौँ ”, पोखरेलले भन्नुभयो, “पहिलो र दोस्रो चरण घर तथा परिवारको गणना हुन्छ, दास्रो चरणमा मूल गणनाको काम गरिनेछ ।” घर तथा परिवारको सूचीकरणका लागि घरायसी विवरणमा कति परिवार, जग्गा जमिन, कृषि, पशुपक्षीलगायतका प्रश्नको उत्तर माग्न सुपरीवेक्षक घरदैलामा जान थालेका छन् ।

दश वर्षअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्मा दाङको पाँच लाख ५२ हजार जनसङ्ख्या रहेको थियो । यस वर्ष थालिएको जनगणनामा छ लाख ६० हजार पुग्ने आकलन गरिएको छ । नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको थियो । हरेक १०÷१० वर्षमा जनगणनाको कामलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।-रासस

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्