१४ सांसद पदमुक्त नभएसम्म संसद् चल्न नदिने एमालेको अडान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने निर्णय गरेको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना नटाँस सम्म सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएका छन् ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ रहँदै आएको छ । संवैधानिक र कानुनी रुपमा दिइएको पदीय जिम्मेवारी पूरा नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहने भएको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्