५१ लाख लगानीमा निर्माण सुरुवात गरिएको मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्ष बितिसक्दा पनि बनेन

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन । ५१ लाख लगानीमा विसं २०७२ मा निर्माण सुरुआत गरिएको सो भवन निर्माणको जिम्मा डीवी कन्सट्रक्सनले लिएको थियो । क्रमागत बजेटमा काम थालेको र पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएको स्थानीय बासिन्दा पदम सोमैले जानकारी दिनुभयो ।

छ वर्षका अवधिमा स्वास्थ्य चौकी निर्माणाधीन क्षेत्रमा घाँसको झाडी मात्र छ । तत्कालीन शान्ति मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले काम गर्ने भन्ने अझै टुङ्गो नहुँदा अधिकांश योजना अलपत्र अवस्थामा छन् । एक करोड ४० लाख बजेट विनियोजन गरी सो स्वास्थ्य सस्थाको पुनः निर्माण सम्पन्न गर्न बोलपत्र आह्वान प्रक्रिया भइसकेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्