त्रिभुवन विमानस्थलबाट ३ किलोभन्दा बढी सुनका गहनासहित २ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सुनको गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारी पक्राउ परेका हुन् ।

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्