ए डिभिजन क्लबलाई केल्मीको प्रयोजन

Ad
  • कालोपाटी सम्बाददाता

ए डिभिजन क्लब न्युरोड टिम एनआरटीलाई खेल पोशाक कम्पनी केल्मीले प्रायोजन गरेको छ ।

बुधबार एनआरटी र केल्मीबीच बुधबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदिप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । केल्मीले चार वर्षको लागि एनआरटीलाई प्रायोजन गरेको हो । सम्झौतासँगै केल्मी क्लबको किट पार्टनरको रुपमा रहने छ । कार्यक्रममा क्लवका अध्यक्ष सुन्दर नरसिंह जोशीले केल्मीसँगको सम्झौता भविष्यमा पनि निरन्तर गर्ने चाहना रहेको बताए । त्यस्तै क्लवका उपाध्यक्ष नविन सुवालले यसपटक आक्रामक तरिकाले अगाडी जाने बताउनुभयो ।

सम्झौतासँगै एनआरटीलाई आवश्यक खेलकुद सामाग्री केल्मीले उपलब्ध गराउनेछ । एनआरटीले आगामी सहिद स्मारक ’ए’ डिभिजन लिगमा केल्मीको जर्सी लगाउने छ । ’ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्