गुणस्तरिय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरुलाई आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तोकिएको समयभित्रै गुणस्तरिय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरुलाई आग्रह गरेकी छिन्  ।

बुधबार ललितपुरमा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको १२ औ साधारणसभामा मन्त्री भुसालले भौतिक पूर्वाधारको बिकास बिभिन्न निर्माणद्वारा पुरा हुने भएकाले समय र गुणस्तरमा ध्यान दिन आग्रह गरेकी हुन्  ।

उनले मुलुकको बिकासमा निर्माण व्यवसायीको भूमिका अपरिहार्य रहेको बतायिन् । मन्त्री भुसालले केहि नीति नियमहरु निर्माण व्यवस्यायीको हितमा नरहेको स्वीकार गर्दै आवश्यक संशोधनको प्रक्रिया सुरु भइसकेको उल्लेख गरिन् ।

फरक प्रसंगमा उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई समाप्त पार्ने प्रतिगमनकारी कदमलाई पराजित गर्दै अग्रगमनको बाटोमा अघि बढ्न सफल भएको जिकिर गरिन् ।

उनले संघीय संसदमात्र नभएर प्रदेशका सभाहरुमा समेत अवरोधको प्रयास हुन थालेको भन्दै आफुहरु प्रतिगमनबिरुद्ध निरन्तर संघर्ष गर्ने धारणा राखिन् । कार्यक्रममा व्यवसायीहरुले आयोजना निर्माणका क्रममा केहि नीति नियमले आफुहरुलाई बाधेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्