के अब एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँला त ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने नेपालको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य दलसँग एकता नगर्नेसमेत बताएका छन् । उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्