‘सुदूरपश्चिममा प्रसस्त विकास भएको छ’ : मुख्यमन्त्री भट्ट

Ad
  • कालोपाटी सम्बाददाता

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन् । जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गरेका छन् ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश नागरिकले घरैमा रोजगारी पाएको बताए । नौवटै जिल्ला सदरमुकामसम्म सडक कालोपत्र गरिएको उनको भनाइ थियो । युवा उद्यमीलाई प्रदेशमै स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो सहुलियत ऋण तथा रोजगारमूलक कार्यक्रम दिने योजना बनाएको उनले बताए ।

प्रदेश सरकारले सडक सुविधा पुर्याएका कारण जोरायलस्थित छहरा झर्ना, पूर्वीचौकीको बगलेकलगायत पर्यटकीय ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको मुख्यमन्त्री भट्टले बताए । सायल गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र भेलछडासम्म सडक निर्माणको काम अघि बढाइएको उनको भनाइ थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्