पार्टीलाई शसक्त बनाउनका लागि आफ्नो ठाँउबाट सकारात्मक भूमिका खेल्नुस : अध्यक्ष माधव नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असोजको पहिलो साताभित्र मन्त्रिमण्डल विस्तार हुने बताएका छन्  ।

शुक्रबार काठमाडौंमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असोजको पहिलो साताभित्र मन्त्रिमण्डल विस्तार हुने र सवै मन्त्रालयले सहज रुपमा काम गर्ने बताए ।

यसअघिको सरकार दक्षिणपन्थी सरकार भएको भन्दै अध्यक्ष नेपालले वर्तमान सरकारले पूर्णरुपमा जनताका लािग काम गर्ने र आफ्नो पार्टीको पूर्ण सहयोग हुने जिकिर गरे । उहाले निरंकुश र गलत बाटोमा गइरहेको सरकार जनताबाट त्यागिएको बताए ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई बलियो बनाउनका लागि आफ्नो तर्फबाट पूर्ण भूमिका खेल्ने उल्लेख गरे । अध्यक्ष नेपालले कतिपय व्यक्तिहरु अझै पनि अलमलमा परेको भन्दै छिटै एकीकृत समाजवादीमा आउने बताए ।

त्यस्तै नेता नेपालले असल व्यवसायबाट कमाएको धनलाई सहि उपयोग गर्न व्यवसायीलाई सुझाव दिए । उनले अहिले मिटर व्याजीका कारण केहि जनताले दुख पाएको भन्दै यसलाई निरुत्साहित गर्न सरकारको ध्यानाकर्षण गराएको बताए ।

उनले पार्टीलाई शसक्त बनाउनका लागि आफ्नो ठाँउबाट सकारात्मक भूमिका खेल्न आह्वान पनि गर्नुभयो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्