सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोज्यो : प्रदीप ज्ञवाली

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका  छन्  ।

शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण ः सम्भाव्य विश्लेषण बिषयक बिचार गोष्ठिमा ज्ञवालीले सीमा लगाएतका बिषय निकालेर सरकारले छिमेकी राष्ट्रसंग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरो लगाएका हुन्  ।

ज्ञवालीले भारतसंगको सीमा विवादलाई छाडेर चीनसंगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गरे । समस्या भएको स्थानमा चूप वस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसंग चिसोपना खडा गर्न खोजेको उनले बताए ।

ज्ञवालीले दार्चुलामा तुईन चुडाएर नेपाली बेपत्ता भएको घटना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसंग कुटनीतिक प्रतिवाद गर्न नसकेको बताए ।

ज्ञवालीले छिमेकीमुलुक लगाएत अन्य मुलुकसंगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्