नक्कली नोटसहित दुई भारतीय पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

जलेश्वर । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं।१३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गए राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु १००० हजारका २२ थान, रु ५०० को तीन थान, रु १०० को २७ थान र रु ५० को छ थान रु २० को आठ थान, रु १० को ११ थान, रु ५ को छ थान र भारु १०० को तीन थान नोट बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्