बँदेललाई थापेको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बर्दियामा बँदेललाई मार्न राखिएको विद्युतीय धरामपमा परी एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको विद्युतीय धरापमा परेर बर्दियास्थित ठाकुरबाबा नगरपालिका –३ का ३१ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २७ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

शुक्रबार राति करिब १०ः३० बजेको समयमा उक्त घटना घटेको प्रहरीको भनाइ छ । बँदेल मार्नका लागि ठाकुरबाबा नगरपालिका बस्ने ८३ वर्षका राजबहादुर शाहीले आफनै खेतमा विद्युतीय पासो लगाएको प्रहरीले जनाएको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्