संविधानको रक्षा र कार्यान्वयनका लागी सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने: लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी

kulprasad
Ad
  • कालोपाटी सम्बाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको रक्षा र कार्यान्वयनका लागी सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको संविधान दिवस–२०७८ कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपाली जनता र शहिदहरुको सपना पुरा गर्न बनेको संविधानको रक्षा र कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर लाग्नुपर्ने बताए । उनले नेपाली जनताको बलिदानीले ल्याएको लोकतन्त्रको रक्षाको निम्ति सम्पूर्ण राजनीतिक दलले स्वामित्व लिनुपर्ने बताउदै संविधानको रक्षा र कार्यान्वयनका लागी कोही पनि पन्छिन नहुने जिकिर गर्नुभयो । मुख्यमन्त्री केसीले संविधानले सबैको हक,अधिकार सुनिश्चित गरेको दाबी गरे ।

उनले जात,जाति,भाषा,रङ्ग र पहिचानका आधारमा कोही पनि विभेदमा नपरेको बताए । केसीले संविधानले मौलिक अधिकारको ग्यारेन्टी गरेको बताए ।

मुख्यमन्त्री केसीले संविधान कार्यान्वयनका लागी केही चुनौतिहरु आए पनि राष्ट्र अब सहि ट्रयाकमा फर्किएको बताए । कार्यक्रममा प्रदेश प्रमुख लुम्बिनी अमिक शेरचन,सभामुख पूर्ण बहादुर घर्ती मगर लगायतका उपििस्थत रहेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्