एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (आईतबार) बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । एमालेले १५/१७ असोजमा विधान महाधिवेशनआयोजना गर्दैछ ।

त्यसअघि एमालेले च्यासलमै संविधान दिवसका अवसरमा कार्यक्रम गर्दैछ । बिहान ११ बजे आयोजना हुने संविधान दिवस कार्यक्रमका प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । च्यासलमै साढे ११ बज पार्टी प्रवेश कार्यक्रम तय भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्