करणले ४ विकेट लिदा ओमान १२१ रनमै अलआउट

Ad
  • कालोपाटी सम्बाददाता

क्रिकेट वर्ल्डकप लिग टूमा करण केसीको घातक बलिङले गर्दा नेपालले घरेलु टोली ओमानलाई १२१ रनमा समेटेको छ ।  ओमानले नेपालसामु १२२ रनको  लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले  ३७.१ ओभरमा १२१ रन बनाएको छ । नेपालका लागि सन्दीपले ८.१ ओभरमा २ मेडन बलिङ्ग गर्दै १८ रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै खेलमा करणले ८ ओभर बलिङ्ग गर्दा २५ रन दिएर ४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए । ओमानका लागि कप्तान जिसान मक्सुदले ४१ रन बनाए  भने जितेन्द्र सिंहले १३ र नसिम खुसिले १२ रन बनाएका हुन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्