नेपालले घरेलु टोली ओमानलाई  ७ विकेटले हरायो

Ad
  • कालोपाटी सम्बाददाता

क्रिकेट वर्ल्डकप लिग टूमा  नेपालले घरेलु टोली ओमानलाई  हराएको छ ।  ओमानले नेपालसामु १२२ रनको  लक्ष्य दिएको थियो  ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले  ३७.१ ओभरमा १२१ रन बनाएको थियो  भने  नेपालका लागि सन्दीपले ८.१ ओभरमा २ मेडन बलिङ्ग गर्दै १८ रन खर्चेर ४ विकेट लिएका थिए ।

त्यस्तै खेलमा करणले ८ ओभर बलिङ्ग गर्दा २५ रन दिएर ४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए भने  ओमानका लागि कप्तान जिसान मक्सुदले ४१ रन बनाए  भने जितेन्द्र सिंहले १३ र नसिम खुसिले १२ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा आएको नेपाल ले १८.२  ओभरमा नै लक्ष हासिल गर्यो। नेपाल का लागि ज्ञानेन्द्र मल्ल ले ५२  रन ,आसिफ सेखले ४० रन ,कुशल भुर्तेलले ६ रन  र रोहित पौडेलले ६ रन बनाएका थिए।

ओमन का लागि कलिमुल्लाह ले १ विकेट र नेस्टोर धम्बाले २  विकेट लिएका थिए।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्