ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरूद्ध दायर गरेको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ ।

माधव कुमार नेपालसहित १४ सांसदलाई गरिएको कारबाहीमा सभामुखको भूमिका र निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले आयोगलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा हुने भएको हो ।

कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्