नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।
बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाएका थिए । बैठक आउदो बिहिबार फेरी बस्नेछ।