बैतडीमा जिप दुर्घटना, तीन जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका–७ ढणौनबाट देहिमाण्डौंतर्फ जादैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी २६ वर्षीय चालक जनक चन्दको हातमा चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौंका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए ।

उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरीएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्