एमसीसी सम्झौता प्रचण्डकै कारण संसदमा पेश हुन सकेन : पूर्वमन्त्री गोकुल बास्कोटा

Ad
  • कालोपाटी सम्बाददाता

प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा पूर्वमन्त्री गोकुल बास्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रचण्डकै कारण संसदमा पेश हुन नसकेको आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै बास्कोटाले एउटा सरकार हुदा एकथरी र अर्को सरकार हुदा अर्कोथरि कुरा गरेको पनि आरोप लगाए।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गर्न खोजे पनि सभामुख कृष्ण बहादुर महराले  रोकेको पनि बास्कोटाले बताए ।उनले सभामुख अग्नि सापकोटाले पनि एमसीसी ढुसी पारेर राखेको बताएका छन्।

बास्कोटाले देउबा सरकारले विदेशीसँगको सम्बन्ध  मजाकको बिषय बनाएको पनि आरोप लगाए।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्