‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् ‘ भन्ने प्रस्तावलाई राष्ट्रियसभामा बहुमतद्वारा स्वीकृत

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’् भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ ।

मंगलबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाकोे बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए । त्यसअघि बैठकमा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए । उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाए । उनले कांग्रेसलाई सिष्टम नभएर सत्ता प्यारो भएको तर्क पनि गर्नुभयो ।

त्यस्तै मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन्  । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्