नवनियुक्त परराष्ट्रमन्त्री खड्काले सम्हाले कार्यभार (हेर्नुस भिडियो )

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेका छन् । उनलाई परराष्ट्र सचिब भरतराज पौड्यालले स्वागत गरेका थिए । मन्त्री खड्काले बुधबारै पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका थिए। राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा डा। खड्कालाई बुधबार नै राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी थिइन् । खड्का नेपाली प्रनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन बुधबार न्यूयोर्क प्रस्थान गर्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्