ललिता निवास जग्गा प्रकरणमा गच्छदार: अख्तियारले राजनीतिक प्रतिशोध लिन खोज्यो

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूले कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिसोध लिन झुटा मुद्धा चलाएको दाबि गरे।

कार्यक्रममा बोल्दै विजयकुमार गच्छदारले तत्कालिन केपी शर्मा ओलीको सरकारले आफुलाई फसाउन खोजेको बताए।  माधव कुमार नेपाल को नेतृत्वको सरकारमा बिना विभागीय मन्त्रीको हैसियतले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको र औले त्यसबापत कुनै पनि व्यक्तिगत रुपमा लाभ नलिएको जिकिर गरे।

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । असार ३० गते अदालतमा हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्