थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टी, ६ कोरोना संक्रमितको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काटमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६७ जनाको पीसीआर परीक्षणमा १ हजार २५१ र २ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२७ जनामा कोरोना पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९५।९ प्रतिशतरहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्