टेलिफोन र इन्टरनेटको समस्याका कारण हुम्लाका गणकलाई फाराम भर्न समस्या

Ad
  • कालोपाटी सम्बाददाता

हुम्ला । हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सुपरीवेक्षक परिचालन गरिएको छ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम सुरुवात गरिएको जानकारी दिए । उनले भने “ गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन् । गणना कार्य जारी छ । ”

यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घरपरिवार लगायतको गणना हुने भएको छ । सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० प्रश्न सोध्ने र फाराम भर्ने जनाइएको छ । उनले भन्, “हुम्ला भौगोलिक हिसाबले विकट त छँदैथियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा थप समस्या भएको छ ।”

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको उहाँले गुनासो गरे । उनले भने अहिलेसम्म सिमकोट गाउँपालिकामा खटिएका एक र नाम्खा गाउँपालिका खटिएका एक गरी दुईजनासँग मात्रै सम्पर्क भइरहेको छ ।” विसं २०६८ को जनगणनाअनुसार जिल्लाभर घरपरिवारको सङ्ख्या नौ हजार ४७९ र जनसङ्ख्या ५० हजार ८५८ रहेको थियो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्