सिरीजङ्घा गाउँपालिकाको सहयोगमा तेल्लोकमा फार्मेसी सेवा सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा फार्मेसी सेवा सुरुवात गरिएको छ । गाउँपालिकाको सहयोगमा फार्मेसी सेवा सुरु भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ भन्ने अभियानको कार्यान्वयनस्वरुप गाउँपालिकाले फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापन गरेको थियो । केन्द्रमा फार्मेसी नहुँदा बिरामी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो ।

स्थानीयस्तरमै उपलब्ध चिकित्सकले सिफारिस गरेका औषधि मोफसलबाट खरिद गर्नुपर्दा सेवाग्राहीले समस्या भोग्दै आएका थिए । फार्मेसीको आवश्यकता देखिएकाले करारमा प्राविधिक जनशक्तिको व्यवस्थापन गरी औषधि खरिदका लागिसमेत बजेट दिएर फार्मेसी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार उक्त फार्मेसीबाट अब निःशुल्क बाहेकका औषधि सुपथ मूल्यमा पाउन सकिनेछ । यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई समेत यसले सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्