माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित : महासचिव ,स्थायी कमिटी र पोलिटब्यूरोको चयन भोलि 

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।

बैठकको दोश्रो दिन बुधबार प्रतिवेदनमा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत भएको र सुझाव सहित अध्यक्षको प्रतिवेदन पारित गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्षको प्रतिवेदन पारित भएसंगै बैठक अन्य एजेण्डामा प्रवेश गरेको उनले बताए ।

बैठकमा अध्यक्ष नेपालले समूहगत छलफलमा उठेको जवाफ दिएका थिए । बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ । त्यस्तै चुनाव चिह्नका बारेमा धेरै सुझाव आएको र छिटै निष्कर्षमा पुगिने खतिवडाले बताए । त्यस्तै बिहिबार बस्ने बैठकले राष्ट्रिय सम्मेलन सहितको पार्टीको तीन महिनाले कार्ययोजना टुङ्गो लगाउने र बिहीबार नै पार्टीको महासचिव लगाएत स्थायी कमिटी र पोलिटब्यूरोको चयन गरिने खतिवडाले जानकारी दिए ।

मंगलबारदेखि सुरु समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार नै सम्पन्न गर्ने तयारी गरिएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्