बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधि भए : अध्यक्ष केपी शर्मा ओली

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधि भएको आरोप लगाएका छन्  ।

बुधबार बाँकेको नेपालगन्जमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले जनताको हित बिपरित काम गरेको र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधि भएको आरोप लगाएका हुन्  । उहाले अदालतको परमादेशबाट बनेको सरकारले यसअघिको बिकास आयोजनालाई हटाएको बताए । विद्वान व्यक्तिहरुलाई राजदुतावास बाट फिर्ता बोलाउनु, भुमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्नु र पार्टि विभाजनलाई सजिलो बनाउनका लागी अध्यायदेश ल्याउनुले बर्तमान सरकारको नालाएकीपन छरपस्ट भएको उनले बताए ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले जनता आवास अन्र्तगत बनेका १२ हजार घर, एदैदिन शिलान्यास गरिएका ३१ वटा सडक पुल तथा २ सय १० वटा ससडक बाटो र ३ सय ९६ वटा अस्पताल एकैदिन शिलान्याश गरेर विकासका कामहरुलाई तिव्ररुपमा अघाडि बढाएको तर्क गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्